काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने सैद्धान्तिक आधार सार्वजनिक गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अपानीमा पार्टीको कार्यशैली सुधार, आन्तरिक लोकतन्त्र सुदृढीकरण र नेतृत्व हस्तान्तरणलाई प्राथमिकता दिइएको उल्लेख छ ।
अपानीअनुसार संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, रणनीतिक लक्ष्य समाजवाद र नेपाली विशेषताको समाजवादी कार्यक्रम अंगिकार गर्ने हुनेछन् ।
मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद–लेनिनवादलाई मानिएको छ ।
जनता–पूँजीपतीबीचको अन्तरविरोध समाधान, नव–उपनिवेशवादविरोधी नीति अवलम्बन र बामपन्थी तथा समाजवादी शक्तिसँग एकताको पहल गर्ने भनिएको छ ।
यसै क्रममा जसपा (अशोक राई), नेकपा (माओवादी केन्द्र) र विप्लव नेतृत्वको नेकपासँग छलफल भएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























