काठमाडौं- नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीसहितको राहदानी रोक्का गर्ने जाँचबुझ आयोगको सिफारिसप्रति आपत्ति जनाएको छ ।
आइतवार बसेको सचिवालय बैठकले यो निर्णयलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै विरोध जनाएको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो कदमले आयोगको विश्वसनीयतामाथि प्रश्न उठाएको बताए ।
उनका अनुसार गृह मन्त्रालयले भदौ २४ को घटनामा संलग्न दोषीमाथि कारबाही नगर्न प्रहरीलाई दिएको निर्देशनले अपराधीको मनोबल बढाउने खालको सन्देश दिएको छ ।
पार्टीले प्रहरीलाई स्वतन्त्र रूपमा काम गर्नुपर्नेमा जोड दिंदै असोज २७–२९ मा केन्द्रीय कमिटी बैठक बस्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्























