images
images
  • माधव, विप्लव र यादवको पार्टीसँग एकता गरेरै जनार्दन र नारायणकाजीलाई बाइपास गर्ने रणनीतिमा प्रचण्ड

    काठमाडौं– जेन्जी आन्दोलनपछि दलहरूमाथि नेतृत्व पुस्तान्तरणको दबाब बढिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको प्रस्ताव अघि सारेका छन् ।

    उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मासहित नेताहरूले नेतृत्व परिवर्तनको माग गरेपछि प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग एकताको पहल गर्दै विशेष वा एकता महाधिवेशनमा जाने तयारी भएको बताएका हुन् ।

    उनले आफू अध्यक्ष रहिरहने इच्छामा नभई ‘वैज्ञानिक प्रणाली’अनुसार नेतृत्व चयन हुनुपर्ने बताएका छन् ।

    मोर्चामा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र महिन्द्रराय यादवको नेपाल समाजवादी पार्टीसँग एकताका लागि आन्तरिक छलफल तीव्र भइरहेको छ ।

    जनार्दन शर्माले महाधिवेशनसम्म सबै शीर्ष पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव गरेका छन् भने नारायणकाजी श्रेष्ठले प्रचण्डले कार्यकारी नेतृत्वबाट अवकाश लिनुपर्ने सुझाव दिएका छन् ।

    यता, एमालेभित्र पनि पार्टी पुनर्गठनबारे बहस सुरु भएको छ ।

    सचिव योगेश भट्टराईले भिडियो सन्देशमार्फत पार्टी पुनर्गठनको अपिल गर्दै कमजोरी आत्मसमीक्षा गर्न आग्रह गरेका छन् ।

    तर, अध्यक्ष केपी शर्मा ओलीले यसबारे अझै सार्वजनिक रूपमा केही बोलेका छैनन् ।

    यसरी, जेन्जी आन्दोलनपछि माओवादी केन्द्रदेखि एमालेसम्म दलभित्र नेतृत्व पुस्तान्तरण, पुनर्गठन र एकताको बहस चर्किएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images