images
images
  • उपाध्यक्ष शाक्यलाई संयोजक बनाएर महाधिवेशनमा जाँदै एमाले

    काठमाडौं– जेन्जी आन्दोलनपछि नेकपा (एमाले)भित्र वैकल्पिक नेतृत्वको बहस चर्किएको छ ।

    अन्य दलहरूमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण सुरू भएपछि एमालेले पनि यस्तो गृहकार्य गर्नुपर्ने दबाब बढेको छ ।

    अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर नेतृत्वमै राख्न खोज्ने समूह भए पनि दशैंलगत्तै केन्द्रीय समितिबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई संयोजक बनाइ महाधिवेशनसम्म लैजाने सम्भावना बढेको छ ।

    ओलीले भने अझै नेतृत्व हस्तान्तरणबारे औपचारिक रूपमा बोलेका छैनन् ।

    सर्वस्वीकार्य नेताका रूपमा शाक्यलाई अघि सार्ने तयारी भइरहेको एमालेभित्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई संयोजक बनाउन कठिनाइ देखिएको छ ।

    पार्टीभित्र सन्तुलित नेतृत्वका लागि शाक्य उपयुक्त ठानिँदैछ ।

    यसैबीच, जेन्जी आन्दोलनपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय भएकी छन् ।

    घाइते भेटदेखि नागरिक समाजसँगको परामर्शसम्मका गतिविधिले उनले एमाले नेतृत्वमा फर्कन चाहेको संकेत दिएको विश्लेषण भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images