images
images
  • देउवा दम्पतीको हातमा सार्वजनिक बिदाकै दिन राहदानी, निर्वासित होलान् ?

    काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणाले गत असोज ३ गते संविधान दिवसकै दिन कूटनीतिक राहदानी लिएको विषय सार्वजनिक भएपछि बहस चर्किएको छ ।

    परराष्ट्र मन्त्रालय र राहदानी विभागले औपचारिक विवरण नखोले पनि विभागका अधिकारीहरूले मोबाइल किटमार्फत देउवा दम्पतीलाई राहदानी उपलब्ध गराइएको पुष्टि गरेका छन् ।

    २४ भदौमा बूढानीलकण्ठस्थित देउवा निवास तोडफोड र आगजनी भएको थियो ।

    त्यतिबेला दम्पतीमाथि कुटपिटसमेत भई नेपाली सेनाले उद्धार गरी छाउनी लगेको थियो ।

    अहिले उनीहरू उपचाररत छन् ।

    यसबीच सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जलेका विदेशी मुद्राका प्रमाण संकलन गरेको छ, जसले उनीहरू उपचारको नाममा विदेश भाग्न खोजेको आरोपलाई बल दिएको छ ।

    सार्वजनिक बिदाको दिन राहदानी जारी भएको विषयमा विभागीय अधिकारीहरूले राहदानीलाई ‘अत्यावश्यक सेवा’ भन्दै मानवीय आधारमा सेवा प्रदान गरिएको दाबी गरेका छन् ।

    विभागका महानिर्देशक तीर्थराज अर्यालले पनि राहदानी जारी भएको पुष्टि गर्दै नागरिकको व्यक्तिगत विवरण सार्वजनिक नगर्ने बताए ।

    राहदानी ऐन र नियमावलीअनुसार कूटनीतिक राहदानी उच्च पदाधिकारी वा विशेष जिम्मेवारी भएका व्यक्तिलाई मात्र दिने व्यवस्था छ ।

    तर, देउवा दम्पतीले थाइल्यान्ड भिसा समेत लिएको समाचार बाहिर आएपछि विवाद बढेको छ ।

    परराष्ट्रका अनुसार १९९९ को सम्झौता बमोजिम कूटनीतिक राहदानीवाहकलाई थाइल्यान्ड प्रवेशका लागि अग्रिम भिसा आवश्यक छैन ।

    यद्यपि उनीहरूले भिसा किन लिएका भन्ने प्रश्नमा देउवा सचिवालय मौन छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images