images
images
  • घर नछाड्ने देउवाले देश छाड्नुहुन्न : कांग्रेस प्रवक्ता महत

    काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र उत्पन्न विवादको समाधान केन्द्रीय समितिबाटै निकाल्नुपर्नेमा जोड दिएका छन् ।

    आज पत्रकारसँग कुरा गर्दै उनले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियानको चर्चा हुँदा कार्यकर्तामा अन्योल पैदा भएको भन्दै अन्तिम निष्कर्ष केन्द्रीय समितिले दिने स्पष्ट पारे। समितिको निर्णयले कार्यकर्तामा उत्साह थप्ने उनले बताए ।

    उनका अनुसार अधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पनि केन्द्रीय समितिले छिट्टै अघि बढाउने छ ।

    सभापति शेरबहादुर देउवा लोकतान्त्रिक आन्दोलनका निरन्तर लडाकु नेता भएको उल्लेख गर्दै उनले देश छोडेर भाग्ने अपराधी भन्ने भ्रमपूर्ण प्रचार गलत भएको बताए ।

    पुराना नेतालाई चुनावमा लड्न रोक्ने अधिकार कसैलाई नभएको भन्दै उनले अन्ततः जनताले नै नेता रोज्ने व्यवस्था सुनिश्चित गर्नुपर्ने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images