काठमाडौं– भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनमा प्रहरीले ६५ सयभन्दा बढी गोली प्रहार गरेको आन्तरिक प्रतिवेदनले देखाएको छ ।
अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको विवरण अनुसार ४ हजार जङ्गी राउन्ड र २५ सयभन्दा बढी रबर बुलेट प्रयोग गरिएको छ ।
त्यसैगरी भिड नियन्त्रणका लागि २५ सयभन्दा बढी ब्ल्याङ्क राउन्ड चलाइएको र करिब ८ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रतिवेदनमा उल्लेख छ ।
उपत्यकामा मात्रै ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको थियो ।
काठमाडौँको बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँसहित विभिन्न क्षेत्रमा अश्रुग्याँस प्रयोग गरिएको प्रतिवेदनले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय जोगाउन मात्र करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरिएको र मधेस प्रदेशमा ६ सय सेल प्रयोग गरिएको पनि उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्























