images
images
  • पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको शुभकामनामार्फत के दिए सन्देश ? (सन्देशसहित)

    काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालीहरूलाई राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानमा अडिग रहन आह्वान गरेका छन् ।

    विजयादशमीको शुभकामना सन्देशमा उनले शान्ति, समृद्धि र सुशासनको आवश्यकता औंल्याउँदै अतिकालीन चुनौतिहरूबीच देशलाई सही बाटोतर्फ लैजान सबै नेपालीले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् ।

    ‘हाम्रो पूर्वजहरूले नेपाललाई एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्ने दिशा दिएका छन् । स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड यही हो,’ सन्देशमा भनिएको छ ।

    पूर्वराजाले पछिल्लो समय देश र जनताको हित विपरीत भइरहेको गतिविधिप्रति चिन्ता प्रकट गर्दै नयाँ पुस्ताले देशको भविष्यको जिम्मा लिनुपर्नेमा जोड दिएका छन् ।

    उनले भने, ‘युवा पुस्ताले राष्ट्रप्रति बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा कदम चाल्नुपर्छ । यही समयमा हामीले देशको आवश्यकता अनुसार अनुशासन, भक्ति, श्रद्धा र राष्ट्रिय भावना जीवित राख्नुपर्छ ।’

    शाहले नेपालको राज्यव्यवस्था, राजनीतिक स्थायित्व र आर्थिक सुधारमा देखिएका कमजोरीहरूलाई सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

    उनले राष्ट्रिय सोच, सत्य, सदाचार र सामाजिक मूल्य–मान्यतामा आधारित जीवनशैलीलाई बलियो बनाउनुपर्ने धारणा राखेका छन् ।

    सन्देशको अन्त्यमा उनले सम्पूर्ण नेपालीमा विजयादशमीले आपसी सद्भाव, सामाजिक एकता र दिर्घकालीन शान्ति फैलियोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

    Gyanendra Shaha

    प्रतिक्रिया दिनुहोस्
    images
    images