images
images
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अन्तिम चरणमा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन शुक्रबार प्रज्ञा भवन, कमलादीमा जारी बैठक अन्तिम चरणतर्फ पुगेको छ ।

    बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्तावमाथि छलफल जारी छ ।

    सो प्रस्तावसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रस्तुत गरेका पूरक प्रस्तावबारे पनि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।

    बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम सकिएको छ ।

    अहिले छुट्टै प्रस्ताव पेश गरेका उपमहासचिव शर्माले टोली नेताहरू र पदाधिकारीहरूले उठाएका प्रश्न तथा सुझावमाथि प्रतिक्रिया दिइरहेका छन् ।

    शर्मापछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले समेत धारणा राख्ने र अन्त्यमा अध्यक्ष प्रचण्डले प्रतिक्रिया दिने कार्यक्रम तय भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

    उनका अनुसार आजै छलफल टुंग्याएर बैठक सम्पन्न गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images