images
images
  • प्रचण्डले लगाउने ६४ लाखको घडी र गंगाले बोक्ने २८ लाखको झोलाको स्रोत खोजी

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाउने ६४ लाखको रोलेक्स घडी र छोरी गंगा दाहालको २८ लाखको लुई भिटन ब्यागबारे वैधानिकता र स्रोतको प्रश्न उठेको छ ।

    पार्टी केन्द्रीय सदस्य तथा सार्क इन्चार्ज लक्ष्मण पन्तले पार्टीभित्रै भ्रष्टाचारविरुद्ध संघर्ष सुरु गर्नुपर्ने भन्दै सो विषयमा प्रचण्डलाई जवाफ दिन चुनौती दिएका छन् ।

    उनले भने, ‘यदि मिडियामा आएका समाचार गलत हुन् भने ती मिडिया र संसद्मा प्रश्न उठाउने कांग्रेस सांसद सुनील शर्माविरुद्ध मानहानिको मुद्दा दायर गरौँ, होइन भने यसको प्रष्टिकरण दिनुपर्छ ।’

    पन्तले उपहारस्वरूप प्राप्त विलासी सामग्री व्यक्तिगत रूपमा प्रयोग गर्नु नैतिक रूपमा गलत हुने टिप्पणी गर्दै २०६५ सालमा सञ्चारमन्त्री कृष्णबहादुर महराको कार्यकालमा अजय सुमार्गीको कम्पनी हेलो नेपाललाई लाभ पुर्याएको विवादास्पद निर्णयबारे पनि छानबिन माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images