images
images
  • प्रचण्डको राजीनामा बालेन र सुदन गुरुङले मागेका हुन्, जेनजीले होइन : सचिव पोख्रेल

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङको रहेको भन्दै जेनजीसँग सम्बन्ध नभएको बताएका छन् ।

    पोख्रेलले अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने र प्रचण्डलाई संयोजक बनाएर जानुपर्नेमा समर्थन जनाएका छन् ।

    बैठकमा अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा सहमति दिएका छन् ।

    तर, सचिव राम कार्कीले अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विकल्पमा प्रदेश अध्यक्ष राखेर संयोजन समिति बनाएर महाधिवेशन गर्नुपर्ने र बाँकी कमिटी भंग गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

    अर्का नेताहरू नन्दकिशोर पुन, वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा र मातृका यादवले पनि आफ्नो विचार राखेका छन् ।

    लुम्बिनी प्रदेशबाट प्रचण्डको प्रतिवेदन पूर्ण समर्थन गरिएको र मंसिरमै महाधिवेशन गर्नेमा सहमति भएको नेताहरूले बताए ।

    उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निर्णय सुनाएको छ ।

    बैठकमा प्रचण्ड, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र उपमहासचिव शर्माले आफ्नो–आफ्नो ढाँचामा महाधिवेशनको प्रस्ताव पेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images