images
images
  • माओवादी बैठक : प्रचण्डविरुद्ध उभिएका नारायणकाजी र जनार्दनको विपक्षमा उत्रिए राम कार्की

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सचिव राम कार्कीले अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा फरक सुझाव राखेका छन् ।

    उनले प्रदेश अध्यक्ष कायम गरी संयोजन समिति बनाएर महाधिवेशनमा जानुपर्ने र बाँकी सबै समिति भंग गर्नुपर्ने बताएका छन् ।

    अन्य अधिकांश नेताहरू भने प्रचण्डको प्रतिवेदनको पक्षमा उभिएका छन् ।

    उपत्यका विशेष प्रदेश र लुम्बिनी प्रदेश दुबैबाट प्रचण्डकै प्रस्तावलाई पूर्ण समर्थन गर्दै मंसिरमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष आएको छ ।

    आत्मालोचना गर्ने र नातागोतावाद तोड्ने प्रतिवद्धता सबैले गर्नुपर्ने सुझाव पनि आएको छ ।

    बैठकमा प्रस्तुत तीन प्रस्तावमध्ये प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने र मंसिरमा विशेष महाधिवेशन गर्ने अडान राखेका छन् ।

    श्रेष्ठले भने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै महाधिवेशन उपयुक्त हुने बताएका छन् भने आफू कार्यवहाक अध्यक्ष बन्नुपर्ने धारणा राखेका छन् ।

    शर्माले नयाँ टिम ल्याएर हालका पदाधिकारीलाई निर्देशक समितिमा रूपान्तरण गर्ने प्रस्ताव गरेका छन् ।

    तीनै प्रस्तावमाथि समूहगत छलफल जारी छ। छलफलपछि प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरी बैठक टुंग्याउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images