images
images
  • राजनीतिसँग जोडिएका फाइल खोल्ने तयारीमा कार्की सरकार

    काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबका कारण रोकिएका सबै अनुसन्धान फाइल खोलिने बताएका छन् ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) अनुगमनपछि उनले पत्रकारसँग भने, ‘पोलिटिकल कनेक्सनका आधारमा रोकिएका वा बिथोलिएका अनुसन्धान अब हुन्छ ।’

    उनका अनुसार सुशासनविना शान्ति–सुरक्षा सम्भव छैन र शान्ति–सुरक्षाविना निर्धारित समयमै निर्वाचन गर्न सकिँदैन ।

    गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सीआईबी कार्यालयमा भएको क्षतिपछि उनले अवलोकन गर्दै अपराध, आर्थिक तथा वित्तीय अनियमिततासम्बन्धी रोकिएका फाइल खोल्ने र अवरोध हटाउने निर्देशन दिएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images