काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार राजीनामा दिएका अधिकारीबारे रास्वपाका एक नेताले पुष्टि गर्दै भने, ‘उहाँ पदप्रति मोह नभएका व्यक्ति हुनुहुन्छ । समृद्धि र विकासको विश्वासका साथ पार्टीमा लाग्नुभएको थियो तर कुनै आरोप नगरी राजीनामा दिनुभयो ।’
यसअघि जेनजी आन्दोलनपछि पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले पनि पार्टी त्यागेका थिए ।
हालैको दुईदिने केन्द्रीय समिति बैठकमा पार्टी छोड्ने नेताहरुलाई संवादमार्फत फर्काउने विषयमा समेत छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्























