images
images
  • शीर्ष दलका नेताहरूलाई पक्राउ गर्ने तयारीमा सरकार

    काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले शीर्ष नेताहरूको पासपोर्ट रोक्कामात्र नभई आवश्यक परे पक्राउ गरेर बयान लिनुपर्ने स्थिति आउन सक्ने बताएका छन् ।

    बिहीबार साँझ सिंहदरबारबाट निस्कँदा पत्रकारसँग उनले अनुसन्धान निकायले जे आवश्यक हुन्छ, पासपोर्ट रोक्का मात्रै होइन, पक्राउसमेत गर्न सक्ने बताए ।

    उनका अनुसार राज्यका अनुसन्धान निकाय सक्रिय भइसकेका छन् र सरकारले सुशासन र भ्रष्टाचारविरुद्ध दृढ कदम चाल्नेछ ।

    ‘पाँच वर्षको म्यान्डेट पाएको सरकार सुशासनमा असफल भयो भने प्रश्न उठ्छ । त्यसकारण यसपटक सरकार ठोस रूपमा अघि बढ्छ,’ मन्त्री अर्यालले स्पष्ट पारे ।

    यसअघि मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले पनि नेताहरूको पासपोर्ट रोक्का सम्बन्धी अध्ययन भइरहेको बताएका थिए ।

    नेताहरू विदेश जाने सम्भावनामा सरकार सतर्क बनेको छ भने सम्पत्ति शुद्धीकरण विभाग, प्रहरीको सिआइबी र राहदानी विभागबीच पासपोर्ट रोक्का गर्नेबारे छलफल भइरहेको छ ।

    राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार वा सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा अनुसन्धान अधिकारीको सिफारिसमा राहदानी रोक्का गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images