images
images
  • एमाले शीर्ष पदाधिकारीबाटै नेतृत्व त्याग्न ओलीमाथि दबाब

    काठमाडौं– जेन–जी आन्दोलनको सत्तापलटपछि एमालेभित्र पुनर्गठनको माग तीव्र बनेको छ ।

    अध्यक्ष केपी ओली तत्काल कदम चाल्न इच्छुक देखिएका छैनन्, तर सचिव योगेश भट्टराईलगायत नेताहरूले पुनर्गठन प्रक्रिया अघि बढाउन अपिल गरेका छन् ।

    ओली भक्तपुरको गुन्डुमा अस्थायी बसाइ गर्दै नेताहरू सँग परामर्श लिइरहेका छन् ।

    उनले आफूलाई हटाउने षड्यन्त्र भएको दाबी गर्दै महाधिवेशन र संस्थागत फोरममै निर्णय गर्ने अडान लिएका छन् ।

    उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट पुनर्गठन पक्षमा छन् भने विष्णु पौडेलले आत्मसमीक्षासहित संगठन र कार्यशैलीमा सुधारको संकेत दिएका छन् ।

    नेताहरूले सचिवालय र केन्द्रीय समिति बैठक चाँडै बोलाउन आग्रह गरे पनि ओलीले दशैँपछि मात्र छलफल गर्ने अडान लिएका छन् ।

    उनले पुनर्गठनलाई आफूलाई हटाउने हल्लाको रूपमा व्याख्या गर्दै संस्थागत प्रक्रिया सामना गर्ने बताएका छन् ।

    सचिव भट्टराईले नेतृत्वलाई सम्मान गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images