images
images
  • नारायणकाजीले औँल्याए प्रचण्डका ४ कमजोरी

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का चार कमजोरी औंल्याउँदै फरक मत राखेका छन् ।

    १) एमसिसी अनुमोदन– पार्टीले विरोध गर्ने निष्कर्ष हुँदाहुँदै पनि संसद्मार्फत एमसिसी पारित गर्नु गल्ती ।

    २) सत्ता समीकरण– कांग्रेससँगको सहकार्य अचानक तोडेर एमालेसँग गठबन्धन गर्नु कमजोरी ।

    ३) गृहमन्त्रीमा रवि लामिछाने– सहकारी ठगी आरोपितलाई गृह मन्त्रालय दिनु र उनीप्रति अत्यधिक पक्षधरता देखिनु गलत ।

    ४) देउवालाई समर्थन र भ्रामक संकेत– जनजागरण अभियान चलिरहेको बेलामा शेरबहादुर देउवालाई समर्थन गर्ने, भिजिट भिसा प्रकरणमा कांग्रेससँग दुई बुँदे सम्झौता गर्ने र प्रतिनिधिसभा पुनस्र्थापनाको नारा दिने कार्यले कार्यकर्ता र जनतामा भ्रम सिर्जना भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images