images
images
  • कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारीमा कार्की सरकार

    काठमाडौं– सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

    जेन–जी आन्दोलनको दमनमा संलग्न तथा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा परेकाहरूलाई लक्षित गरी यो प्रक्रिया अघि बढाइएको हो ।

    सुशीला कार्की नेतृत्वको सरकारले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका केही शीर्ष नेताको पासपोर्ट रोक्नेबारे छलफल गरेको छ ।

    निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवासहितका नाम वाचलिस्टमा परेका छन् ।

    सम्पत्ति शुद्धीकरण विभागले देउवा, कांग्रेस नेता दीपक खड्का, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीको निवासमा पुगेर मुचुल्का उठाइसकेको छ ।

    उनीहरूका घरमा जेनजी आन्दोलनताका जलेको अवस्थामा नगद भेटिएको दाबी छ ।

    राहदानी ऐन २०७६ अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा गम्भीर आपराधिक अनुसन्धानमा परेकाको राहदानी रोक्का गर्न सकिन्छ ।

    अहिलेसम्म औपचारिक निर्णय नभए पनि गृह मन्त्रालय, अध्यागमन विभाग र राहदानी विभागबीच छलफल भइसकेको छ र अन्तिम तयारी चलिरहेको स्रोतहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images