काठमाडौं– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी पुनर्गठनको आवश्यकता औंल्याउँदै साथ दिन अपिल गरेका छन् ।
भिडियो सन्देशमार्फत उनले जेन–जेड आन्दोलनपछि बदलिएको परिस्थितिलाई मनन् गर्दै भने, ‘इतिहासका संकटका मोडमा हामी पुनर्गठित भएका छौं, अहिले पनि आत्मभत्र्सना नगरी डटेर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्छ ।’
उनले १९ माघ २०६१ को घटनापछि एमालेले गरेको पुनर्गठन स्मरण गर्दै युवा पुस्ताको भूमिकाले पार्टीलाई बचाएको र आन्दोलनलाई सफल बनाएको बताए ।
भट्टराईका अनुसार कमजोरी नस्वीकार्दा अरूलाई लाभ पुग्छ ।
प्रतिक्रिया दिनुहोस्























