काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले कम्युनिष्ट पार्टीहरूसँग एकता प्रक्रियामा जोड दिने तयारी गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिको जारी बैठकमा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने र त्यसपछि फागुन २१ गते हुने निर्वाचनका लागि तयारी थाल्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
उनको प्रस्तावअनुसार यसबीचमा पनि माओवादीले नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीसँग एकताको गृहकार्य अघि बढाउनेछ ।
बैठकमा प्रचण्डले भने, ‘विभिन्न पार्टीहरूसँग एकतालाई जोड गर्नुपर्छ । वातावरण बन्दै गएको छ, अझ बनाउनुपर्ने पनि छ ।’
आजको बैठकमा पदाधिकारीहरूले फरक राय वा प्रस्ताव राखेपछि प्रदेश अध्यक्षहरूको रिपोर्टिङ र समूहगत छलफलमार्फत अन्तिम निर्णयमा पुग्ने माओवादीको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्























