images
images
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म स्थायित्व आउँदैन : पूर्वप्रधानमन्त्री भट्टराई

    काठमाडौं– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले हालको राजनीतिक परिवर्तनलाई ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् ।

    पार्टी अध्यक्ष पद छाडेको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनले सरकार त ढाले पनि पुरानो सत्ता संरचना यथावत् रहेको बताए ।

    उनका अनुसार मुलुकमा अझै राजनीतिक स्थायित्व र सुशासन सुनिश्चित हुन सकेको छैन ।

    भ्रष्टाचार र अस्थिरता जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको उल्लेख गर्दै उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई दीर्घकालीन समाधानको रूपमा अगाडि सारे ।

    भट्टराईले संविधान निर्माणको समयदेखि नै शासकीय प्रणालीमा त्रुटि रहेको बताउँदै अहिलेको व्यवस्थाले कुनै सरकारलाई पाँच वर्ष टिक्न नदिने र स्थिरताविहीनताले समृद्धि रोक्ने स्पष्ट पारे ।

    उनले जेनजीलाई सरकारसँग संवादमार्फत व्यवहारिक सम्झौता खोज्न आग्रह गर्दै चेतावनी दिए, ‘व्यवस्था बदलेन भने फेरि भ्रष्टहरू नै फर्किन्छन्, तपाईंहरूको बलिदान खेर जान्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images