images
images
  • माओवादी बैठकमा युवा नेताहरू एकैसाथ उठेर भने– ‘हामीले पनि बोल्न पाउनुपर्छ’

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को बैठक बसेको छ ।

    प्रज्ञाभवन कमलादीमा केन्द्रीय समितिको बैठक बसेको हो ।

    बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

    केहीबरेमा सुरु भएको केन्द्रीय समिति बैठकमा उपस्थित अधिकांश युवा नेताहरूले आफूले पनि बोल्नु पाउनुपर्ने भन्दै आसनबाट उठेका थिए ।

    सुदन किराती, रञ्जित तामाङ लगायतका युवा नेताहरूले बैठकमा बोल्न पाउनुपर्ने धारणा राखेका थिए ।

    त्यसपछि सबैलाई आलोपालो बोल्न दिन भन्दै नेताहरूलाई आसन ग्रहणका लागि आग्रह गरिएको थियो ।

    त्यसपछि उनीहरू आ–आफ्नो आसनमा बसेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images