images
images
  • समाजवादी मोर्चामा आवद्ध दलहरूको एउटै पार्टी बनाइँदै

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) सहितका घटक दलहरू समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने तयारीमा छन् ।

    दशैंभित्रै एकताको घोषणा गरी मंसिरमा महाधिवेशन गर्ने गृहकार्य भइरहेको छ ।

    माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा समाजवादी मोर्चासँग पार्टी एकता र देशभक्त–परिवर्तनकारी शक्तिसँग बृहत् मोर्चा बनाउने प्रस्ताव गरेका छन् ।

    माओवादी प्रवक्ता अग्नि सापकोटाले पनि विचार मिल्ने दलसँग एकता र सहकार्यका लागि पहल गर्ने बताए ।

    एकीकृत समाजवादीले सबै कम्युनिस्ट, वामपन्थी र समाजवादी शक्तिलाई एकजुट हुन अपिल गरेको छ ।

    विप्लव नेतृत्वको नेकपाले वार्ता समिति बनाएर छलफल सुरु गरेको छ भने नेसपा अध्यक्ष महिन्द्र राय यादवले पनि एकताको आवश्यकता बढेको बताएका छन् ।

    यसैबीच माओवादी स्थायी समितिले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ ।

    प्रचण्डले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा एकता, विशेष महाधिवेशन, निर्वाचन तयारी, राहत तथा पुनर्निर्माणलगायत मुद्दा समावेश छन् ।

    तर, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले समय र फरक मतलाई स्थान दिनुपर्ने माग गरेका छन् ।

    अर्कोतर्फ, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन् ।

    उनले नेतृत्व हस्तान्तरण र दललाई लोकतान्त्रीकरण गर्न आवश्यक भएको भन्दै जिम्मेवारी दुर्गा सोव नेतृत्वको नयाँ संरचनालाई दिएका छन् ।

    पार्टीले विशेष महाधिवेशन आयोजक समिति गठन गरी विचार मिल्ने दलसँग एकताको नीतिसमेत अघि बढाउने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images