images
images
  • हस्ताक्षर अभियानले कांग्रेस फुट उन्मुख

    काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिमका केही नेताहरूले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन माग गर्ने हस्ताक्षर अभियानले पार्टी कमजोर बनाउने र विभाजनतिर धकेल्ने चेतावनी दिएका छन् ।

    बुधबार जारी विज्ञप्तिमा मुख्यमन्त्री, केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश समितिका कार्यवाहक सभापतिसहितका नेताहरूले अहिले पार्टीलाई एकताको खाँचो रहेको उल्लेख गरेका छन् ।

    उनीहरूले सभापति शेरबहादुर देउवाले विधानअनुसार अब सभापति पदमा उम्मेदवारी नदिने सार्वजनिक घोषणा गरिसकेको भन्दै तत्काल महाधिवेशनको माग गर्नु उचित नहुने बताए ।

    ‘अल्पमत–बहुमत, विशेष महाधिवेशन वा हस्ताक्षर अभियानमार्फत कार्यकर्तामा भ्रम सिर्जना गर्ने गतिविधिले पार्टी मात्र होइन लोकतन्त्रलाई समेत संकटमा पार्ने भएकाले सबै सचेत रहनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

    यसअघि देउवा, शेखर कोइराला र गगन थापा निकट १०९ नेताले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरू गरेका थिए ।

    पार्टीभित्र सुधार र नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला देउवा पक्ष भने अहिले नेतृत्व छाड्न नहुने अडानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images