काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम बुधबार उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिअनुसार २०८२ साल असोज ५ गते (२०७९ असोज ५ बुधबार) को मितिमा अध्यादेश प्रकाशित गरिएको हो ।
यो संशोधन अध्यादेश जारी भएपछि निर्वाचनसम्बन्धी तयारी र आगामी प्रक्रियामा प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्























