काठमाडौं– नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमा अडिएको बताएका छन् ।
भक्तपुरको गुण्डुस्थित निवासमा युवासँग भेट्दै उनले नेपाल भिसा नपाउने र काम नपाउने जस्तो बदनाम स्थितिमा पुगेको उल्लेख गरे ।
ओलीले नेपाललाई इमानदार र कर्मठ मानिसहरूको देश बनाउन युवालाई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्न आग्रह गरे ।
सिंहदरबार जलाउने घटनाबारे उनले मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘देश र इतिहासलाई माया गर्नेले सिंहदरबार जलाउँदैन, यो योजनाबद्ध काम हो ।’
कठिन परिस्थितिमा निराश नहुन र बाह्य हस्तक्षेप–षड्यन्त्रविरुद्ध दृढतापूर्वक राष्ट्रिय हितमा उभिनु आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्























