images
images
  • जेन्जी आन्दोलन साइट इफेक्ट : प्रचण्डसँग मागे नारायणकाजीले पार्टी कार्यवाहक अध्यक्ष

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन माग गरेका छन् ।

    उपमहासचिव जनार्दन शर्माका अनुसार आइतबार बसेको पदाधिकारी बैठकमै श्रेष्ठले यस्तो माग गरेका हुन् ।

    शर्माले बताएअनुसार श्रेष्ठले महाधिवेशन हुने मंसिरसम्म (करीब दुई महिना) कार्यबाहक अध्यक्षको भूमिका पाउनुपर्ने धारणा राखेका थिए ।

    उनले प्रचण्डसहितका वर्तमान पदाधिकारी महाधिवेशनपछि निर्देशक समितिमा जाने र नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव पनि राखेका छन् ।

    शर्माले प्रचण्डलाई सम्बोधन गर्दै दुई महिनाको लागि कार्यबाहक दिनुहोस्, केही बिग्रँदैन, बरु पार्टीको साख बढ्छ भनेको जानकारी दिए ।

    उनको भनाइमा, पार्टीले केवल महाधिवेशन तोक्ने मात्र होइन, कार्यकर्तालाई स्वतन्त्र वातावरणमा नयाँ विचारसहित नेता छान्ने अवसर दिन सक्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images