images
images
  • बाँचुञ्जेल नेतृत्वमै रहने बालहठमा ओली

    काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म पार्टी कमिटीको बैठक बोलाउने निर्णय गरेका छैनन् ।

    अध्यक्ष ओलीले गुन्डूमै बोलाएर पदाधिकारी तहका नेतासँग व्यक्तिगत (वान टु वान) छलफल गरिरहेका छन् ।

    त्यसपछि मात्र सचिवालय बैठकमार्फत पार्टीको धारणा सार्वजनिक गरिने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरू पद्मा अर्याललगायतसँग छलफल गरिसकेका छन् ।

    बैठक दसैँअघि वा पछि भन्ने अझै तय भएको छैन ।

    भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि राजनीतिक अवस्था बदलिएको छ ।

    आन्दोलनपछि गैर दलीय सरकार गठन, प्रतिनिधि सभा विघटन र फागुन २१ मा निर्वाचन मिति तोकिएको छ ।

    संसद् विघटनलाई प्रमुख दलहरूले गैरसंवैधानिक ठहर गरेका छन् ।

    जेनजी आन्दोलनका क्रममा ओलीको निजी घर समेत जलाइएपछि उनी भक्तपुरको भाडाको घरमा बस्दै आएका छन् ।

    भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि करिब एक हप्ता नेपाली सेनाको सुरक्षा प्राप्त थिए ।

    एमाले भित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस चलिरहेको छ ।

    तर, अध्यक्ष ओली अहिलेसम्म त्यसमा जुट्न तयार छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images