काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नयाँ कम्युनिष्ट केन्द्र निर्माणका लागि वार्ता टोली गठन गरेको छ ।
केन्द्रीय सदस्य नारायण सीका अनुसार भदौ २३–२४ को जेनजी आन्दोलनपछि राजनीतिक परिस्थितिमा परिवर्तन आएको र नयाँ ऊर्जासहितका नेताहरू अघि ल्याउने वातावरण बनाउन टोली गठन गरिएको हो ।
पाँच सदस्यीय टोलीको नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले गर्नेछन् ।
टोलीले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट धाराका दलसँग वार्ता र रणनीति तयार गर्नेछ।
नारायण सीले नेकपाले जेनजी आन्दोलनमा सहभागी भई भ्रष्टाचार, बेथिति र विसंगतिका विषयमा आवाज उठाउँदै आएको र नयाँ कम्युनिस्ट केन्द्रमा हालका शीर्ष नेतालाई सम्मानजनक स्थान दिँदै युवालाई अगाडि ल्याउने रणनीति रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्























