images
images
  • देउवा सिकिस्त भएको मौका छोपेर कांग्रेस नेतृत्व परिवर्तन गर्न नेताहरूको हतारो

    काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरिएको छ ।

    ६ असोजदेखि सुरु भएको अभियानमा डा.शेखर कोइराला, महामन्त्री गगन थापा, गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहलगायत १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

    कांग्रेस विधानअनुसार केन्द्रीय समितिले निर्णय गर्ने वा ४० प्रतिशत प्रतिनिधिले लिखित अनुरोध गरे विशेष महाधिवेशन बोलाउन सकिन्छ ।

    तर, केन्द्रीय समितिबाट निर्णय हुने सम्भावना कम भएकाले नेताहरुले हस्ताक्षर अभियान थालेका हुन् ।

    अभियान सबै प्रदेशमा विस्तार गरिने बताइएको छ ।

    अभियानका अगुवाहरुले विशेष महाधिवेशनलाई समूहगत नभई सामूहिक पहलका रुपमा अघि बढाइएको स्पष्ट पारेका छन् ।

    विज्ञप्तिमा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाउँदै कांग्रेसलाई अहिलेको राजनीतिक परिस्थितिमा निष्क्रिय रहन नहुने उल्लेख गरिएको छ ।

    यसअघि केही भ्रातृ संस्था तथा जिल्ला स्थानीय तहका नेताहरुले पनि विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।

    देउवा जेन्जी आन्दोलनको आक्रमणमा परेर घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images