काठमाडौं– जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ ।
शहीदहरूको सम्झनामा मौनधारणबाट सुरु भएको बैठकमा समसामयिक राजनीति र आन्तरिक विषयमा छलफल भइरहेको छ ।

सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणले नेतृत्वमाथि उठेका प्रश्नबीच कम्तीमा चार प्रदेश सभापतिले उनले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव गर्ने तयारी गरेका छन् ।
कोशीका सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले कानुनी निष्कर्ष आउँदासम्म पद छोड्न वा संरक्षण भूमिकामा बस्नुपर्ने प्रस्ताव गर्ने बुझिएको छ ।
यसैबीच नख्खु कारागार प्रकरणबारे पार्टीभित्र आन्तरिक छानबिनको माग समेत उठेको छ ।
प्रवक्ता मनिष झा स्वयं विवादमा मुछिएका कारण यो विषय बैठकमा प्रमुख एजेन्डा बनेको छ ।
लामिछाने छानबिनप्रति सकारात्मक देखिएका छन् भने केही नेता भने त्यसको विपक्षमा छन् ।
बैठकमा पार्टी पुनर्गठनका लागि महाधिवेशन मिति अगाडि सार्ने वा तिहारपछि विस्तारित बैठक बोलाउनेबारे पनि छलफल भइरहेको छ ।
फागुन ७–९ मा तय भएको महाधिवेशन आगामी निर्वाचन मितिसँग ठोक्किने भएकाले यसबारे वैकल्पिक व्यवस्था खोज्ने तयारी भइरहेको छ ।
























