images
images
  • ओलीले एमाले नेतृत्व छाड्ने देखिएन छाँट

    काठमाडौं– जेन–जी आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनको दबाब बढ्दै गए पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछाड्ने अडान स्पष्ट रूपमा राखेका छन् ।

    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगको भेटमा उनले चुनावमा जनतासँग र महाधिवेशनमा कार्यकर्तासँगै परीक्षा दिन्छु भन्दै नेतृत्व निरन्तरताको सन्देश दिएका छन् ।

    २४ भदौमा प्रधानमन्त्रीबाट राजीनामा दिएपछि १० दिन सेनाको शिवपुरी ब्यारेकमा बसेका ओली अहिले भक्तपुर गुन्डुस्थित महेश बस्नेतले व्यवस्थापन गरेको घरमा रहेका छन् ।

    त्यहीँ उनले क्रमशः नेता–कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

    स्रोतका अनुसार पोखरेलले परिस्थितिका कारण नेतृत्व परिवर्तनको संकेत गरेका थिए, तर ओली झन् स्पष्ट रूपमा चुनाव मेरो नेतृत्वमै हुन्छ, जनताले निर्णय गर्नेछन् भन्दै चुनौतीपूर्ण ढंगले प्रस्तुत भएका थिए ।

    आफूलाई सत्ताच्युत गर्न देशी–विदेशी षड्यन्त्र भएको दाबी गर्दै उनले आगामी निर्वाचनमा सबै भण्डाफोर गर्ने बताएका छन् ।

    पार्टीभित्र असन्तोष बढिरहेका बेला पनि ओली तत्काल बैठक बोलाउन इच्छुक छैनन् ।

    बरु नेतासँग व्यक्तिगत भेटमार्फत असन्तोष कम गर्ने रणनीति लिएका छन् ।

    उनले वरिष्ठ उपाध्यक्षदेखि जिल्ला नेतासम्मसँग भेटघाट जारी राखेका छन् ।

    तर, कतिपय नेताहरू भने ओलीकै नेतृत्वमा गए चुनावमा पार्टी थप कमजोर हुने चेतावनी दिइरहेका छन् ।

    केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले ओली नहटे एमाले नै सकिन सक्ने खतरा औंल्याइन् ।

    जेन–जी आन्दोलनले एमाले र ओली सरकारलाई गम्भीर संकटमा पु¥याएको थियो ।

    सामाजिक सञ्जाल बन्द गर्ने निर्णयपछि सुरु भएको आन्दोलनमा ७४ जनाको मृत्यु भयो, सिंहदरबारदेखि संसद् भवनसम्म तोडफोड भयो ।

    अन्ततः सेना र सुरक्षानिकायको दबाबपछि मात्रै ओलीले राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images