images
images
  • रविका प्रमाण आन्दोलनकारीले बनाए खरानी

    पोखरा– जेनजी आन्दोलनको क्रममा कास्की जिल्ला अदालतमा आगजनी हुँदा सेवा दिनै नसक्ने अवस्था बनेको छ ।

    अधिकांश भवन जलेका छन् ।

    भदौ २४ गते अपराह्न आन्दोलनकारीले अदालत परिसर प्रवेश गरेपछि कर्मचारीहरू बाहिरिएका थिए ।

    त्यसपछि उनीहरूले सहकारीसम्बन्धी मुद्दा राखिएको फाँट नम्बर ३ लगायत विभिन्न कोठामा आगो लगाएका थिए ।

    यही फाँटमा सूर्यदर्शन सहकारी प्रकरणका फाइल पनि रहेका थिए, जसमा रास्वपा सभापति रवि लामिछानेसहितका प्रतिवादी धरौटीमा छुटेका थिए ।

    उच्च अदालतका करिब १५ कोठा, पुनरावेदन शाखा, निवेदन शाखा र सीसीटीभी कक्ष पनि जलेका छन् ।

    सहकारीका फाइल नियोजित रूपमा जलाइएको आशंका गरिएको छ ।

    सरकारी वकिल कार्यालय र पोखरा महानगरपालिकाको सहकारी शाखा पनि पहिलो निसाना बनेका थिए ।

    प्रत्यक्षदर्शीका अनुसार अपरिचित समूहहरू पालैपालो आएर आगजनी गरेका थिए ।

    उनीहरूमध्ये कोही मदिरा वा नसामा थिए ।

    सोही दिन जिल्ला कारागारबाट २४ मध्ये २१ जना सहकारीसम्बन्धी प्रतिवादी फरार भएका थिए ।

    अहिलेसम्म केवल तीनजना मात्रै फर्किएका छन् ।

    बाँकी प्रतिवादीहरूलाई कारागार ऐनअनुसार पक्राउ गरी कारबाही गर्नुपर्ने पीडितहरूले माग गरेका छन् ।

    कारागार प्रमुखका अनुसार तोकिएको मितिभित्र नफर्किए थप ६ महिना देखि १० वर्षसम्मको सजाय लागु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images