काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीलाई शपथ गराएका छन् ।
शपथ लिनेमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियार रहेका छन् ।
सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषिमन्त्रालय सम्हाल्ने भएका छन् ।
अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्राको नाम पनि सिफारिसमा परे पनि अन्तिममा ‘होल्ड’ गरिएको छ ।
भदौ २७ गते प्रधानमन्त्री बनेकी सुशीला कार्कीले अबसम्म ८ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
शपथ कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्























