काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि सिफारिस गरेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको शपथ निश्चित बनेको छ ।
संविधानको धारा १३२ (२) अनुसार प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीश भइसकेकालाई सरकारी पदमा नियुक्त गर्न नपाइने प्रष्ट उल्लेख गरिएको छ ।

तर, सिन्हाको शपथग्रहण नरोकिने बताइएको छ ।
संविधान लत्याएको भन्दै उनीमाथि प्रश्न उठेको छ ।
तर, प्रधानमन्त्री कार्की पनि पूर्वप्रधानन्यायाधीश भएकोले उनीहरू दुवै संविधानको उल्लेखित धारालाई लत्याएका छन् ।
आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम राखिएको छ ।
शीतल निवासमा उनीहरूको पद तथा गोपनीयताको शपथग्रहण राष्ट्रपति रामचन्द्र पौडेलले गराउनेछन् ।
प्रतिक्रिया दिनुहोस्























