काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीका लागि सिफारिस गरेका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा र अतिरिक्त सचिव डा. संगीता मिश्राको शपथ रोकिने सम्भावना बढेको छ ।
कार्कीले मिश्रालाई स्वास्थ्य तथा जनसंख्या र सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिन सिफारिस गरेकी थिइन् ।
तर, दुवैको नाम विवादमा परेपछि शपथ अनिश्चित बनेको हो ।
मिश्राले सचिव बढुवामा अन्याय भएको भन्दै तत्कालीन मन्त्री र सरकारविरुद्ध सार्वजनिक टिप्पणी गरेकी थिइन् ।
लामो समयदेखि बिदामा रहँदै आएकी थिइन् ।
उनीविरुद्ध अख्तियारमा उजुरी समेत परेको छ ।
यसपछि उनको नाम सूचीबाट हटाउने तयारी भएको स्रोतले जनाएको छ ।
त्यस्तै, सिन्हाको सिफारिस संविधानमै बाधक बनेको छ ।
धारा १३२(२) अनुसार प्रधानन्यायाधीश वा सर्वोच्चका न्यायाधीश भइसकेका व्यक्तिलाई सरकारी पदमा नियुक्त गर्न नपाइने व्यवस्था रहेको छ ।























