काठमाडौं– सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
बैठकमा भ्रष्टाचार छानबिन आयोग गठन, जेन–जी आन्दोलनका क्रममा भएको दमन र आगजनी घटनाबारे छानबिन समिति गठन जस्ता महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय पुनर्निर्माण कोषको व्यवस्थापनबारे पनि बैठकले निर्णय गर्नसक्नेछ ।
त्यस्तै, सरकारी खर्चमा मितव्ययितासम्बन्धी निर्णय हुने सम्भावना रहेको छ ।
फागुन २१ मा हुने निर्वाचनका लागि बजेट व्यवस्थापन र पुनर्निर्माण खर्चका उपायबारे छलफल गरी निर्णय लिने तयारी पनि भएको छ ।
हाल मन्त्रिमण्डलमा चार सदस्य मात्रै रहेका छन् ।
तर, छिट्टै महावीर पुन, जगदीश खरेल र मोहना अन्सारीलाई समावेश गर्ने निर्णय भइसकेको छ ।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्























