images
images
  • रविसँगै जेलब्रेक गरेका कैदीले गरे श्रीमतीको हत्या

    काभ्रेपलाञ्चोक– नख्खु कारागारबाट रास्वपा सभापति रवि लामिछानेसँगै फरार एक कैदीले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

    पनौती नगरपालिका–१२ गागलका ३५–३६ वर्षीय सन्तबहादुर तामाङले श्रीमती ३० वर्षीया मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले पुष्टि गरेका छन् ।

    सन्तबहादुर जवरजस्ती करणी मुद्दामा थुनामा परेका थिए ।

    उनी हालै जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका थिए ।

    घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलतर्फ गइरहेको बताए ।

    हत्या पछि तामाङ फरार छन् ।

    प्रहरी पुगेपछि थप विवरण सार्वजनिक हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images