images
images
  • किन पुगे चाक्सीबारी कांग्रेसका ६ भाइ ?

    काठमाडौं– नेपाली कांग्रेसका ६ भाइ चाक्सीबारीमा छलफलमा जुटेका छन् ।

    उनीहरू आज (आइतबार) बिहानैदेखि छलफलमा जुटेका हुन् ।

    नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पार्टीका पूर्वपदाधिकारीसहितका नेताहरूले आगामी १५औँ महाधिवेशनको सम्भावित रणनीतिबारे छलफल गरिरहेका छन् ।

    छलफलमा पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि पनि सहभागी छन् ।

    त्यसैगरी पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र कोइराला परिवारका डा. शशाङ्क कोइराला पनि छलफलमा सहभागी छन् ।

    छलफलमा पूर्व–सहमहामन्त्री एवम् वर्तमान पार्टी प्रवक्ता डा. प्रकाशशरण महत पनि छलफलमा सहभागी छन् ।

    सभापति देउवा पक्षीय मानिने यी नेताहरूबीच पार्टीको १५औँ महाधिवेशनको रणनीति, जेन–जी आन्दोलनपछि कांग्रेसको रणनीति र सानेपामा बसेको कार्यसम्पादन समिति बैठकबारे छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images