images
images
  • अफगानिस्तानमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

    वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई आक्रमण गर्ने चेतावनी दिएका छन् ।

    उनले बगराम एयरबेस अमेरिकालाई फिर्ता नदिए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।

    ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘अफगानिस्तानले बगराम एयरबेस यसको निर्माता अमेरिकालाई नफर्काए भने, परिणाम धेरै खराब हुनेछ ।’

    यसअघि पनि उनले बगराम पुनः कब्जा गर्ने इच्छा व्यक्त गरेका थिए ।

    हालै बेलायत भ्रमणका क्रममा ट्रम्पले आफ्नो सरकारले बगराम पुनः प्राप्त गर्ने प्रयास भइरहेको बताएका थिए ।

    सोही सन्दर्भमा तालिबानले प्रतिक्रिया दिँदै भनेको थियो, ‘इतिहासले देखाउँछ, हाम्रो भूमिमा विदेशी सेनालाई कहिल्यै स्वीकार गरिएको छैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images