images
images
  • विपीन जोशी हमासको विदाई सूचीमा, जीवित वा मृत खुलेन

    काठमाडौं– इजरायलले गाजामा सैन्य कारबाही तीव्र बनाएसँगै हमासको सशस्त्र शाखा अल–कस्साम ब्रिगेडले शनिबार ४८ जना बन्दीको सामूहिक फोटो ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको छ ।

    अलजजिरा र इजरायली सञ्चारमाध्यमले प्रकाशित उक्त तस्बिरमा ०८० असोज २३ देखि हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी पनि देखिएका छन् ।

    फोटोलाई सबैको नाममा ‘रोन अराड’ लेखिएको छ, जो १९८६ मा बेपत्ता भएका एक इजरायली वायुसेना अधिकृतसँग जोडिएको नाम हो ।

    हमासले यसअघि आक्रमण बढे बन्दीको जीवन संकटमा पर्न सक्ने चेतावनी दिएको थियो ।

    नेपाली राजदूत धनप्रसाद पण्डितले भने यसबारे कुनै आधिकारिक जानकारी नभएको बताए ।

    विपिनको परिवारले समेत राजदूतलाई सोधखोज गरेका थिए ।

    इजरायली अधिकारीहरूले बिदाइ तस्बिरलाई हमासको दबाब सिर्जना गर्ने प्रयासका रूपमा लिएका छन् ।

    इजरायली अनुमान अनुसार हाल हमासको कब्जामा रहेका ५० मध्ये करिब २० जना मात्र जीवित छन् ।

    ०८० असोज २३ मा हमासले २५१ जनालाई अपहरण गरेको थियो। विभिन्न युद्धविराम अवधिमा केही दर्जन बन्दी मुक्त भए पनि नेपाली नागरिक विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images