images
images
  • निवर्तमान प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई कारबाही गर्न माग

    काठमाडौं– मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ ।

    ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आइतबार जारी विज्ञप्तिमा दमनमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने समाजले आग्रह गरेको हो ।

    भदौ २३–२४ मा भएको जेनजी विद्रोहमा राज्यको दमनबाट ७४ जनाको मृत्यु र सयौँ घाइते भएका थिए ।

    अझै धेरै घाइते उपचाररत छन् ।

    आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण अर्बौँको सम्पत्ति नोक्सानी भएको छ ।

    सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिमा संलग्नलाई समेत कानुनी कारबाही गर्न माग गरिएको छ ।

    समाजले भ्रष्टाचार, कुशासन र नेतृत्वको दण्डहीनतालाई मूल कारण ठहर गर्दै सुधारका ठोस कदम चाल्न आग्रह गरेको छ ।

    साथै, पूर्वविशिष्ट व्यक्तिहरूलाई दिइँदै आएको सेवा–सुविधा कटौती, पुनर्निर्माण मन्त्रालय गठन गरी आगामी दशकलाई ‘पुनर्निर्माण दशक’ घोषणा गर्न पनि सुझाव दिएको छ ।

    त्यसैगरी, अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने समाजको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images