images
images
  • नेतृत्वको विकल्प महामन्त्रीद्वय गगन–विश्वप्रकाश कांग्रेसमा एक्लिँदै, देउवाकै पक्षमा बलियो मत

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राखेको विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने प्रस्ताव कार्यसम्पादन समिति बैठकमा अल्पमतमा परेको छ ।

    शुक्रबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा उनीहरूले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको व्यवस्थापन र युवा पुस्ताको भावना सम्मान गर्न तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे पनि समर्थन पाएका छैनन् ।

    २० जना नेतामध्ये १८ जनाले प्रस्ताव अस्वीकार गरेका थिए ।

    पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले प्रतिवाद गर्दै अहिलेको प्रमुख कार्य संविधानवाद बचाउनतर्फ पार्टीलाई एकताबद्ध गर्नुपर्ने बताए ।

    बैठकपछि पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशनबारे पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पारे ।

    उनका अनुसार १५औँ महाधिवेशन नियमित प्रक्रियाबाट गर्ने तयारी भइरहेको छ ।

    उपसभापति पूर्णबहादुर खड्काले पार्टीलाई अहिले एकढिक्का बनाउनु अपरिहार्य भएको बताए ।

    सहमहामन्त्री महेन्द्र यादवका अनुसार बैठकले कार्यवाहक सभापति नबनाउने र विशेष महाधिवेशन नबोलाउने निर्णय गरेको छ ।

    सभापति शेरबहादुर देउवा हाल सैनिक अस्पतालमा उपचाररत छन् ।

    जेनजी आन्दोलनको क्रममा देउवा दम्पतीमाथि आक्रमण भएपछि उनीहरूको स्वास्थ्य अवस्था क्रमशः सुधार भइरहेको छ ।

    देउवा निको भएपछि केन्द्रीय समिति बैठक बोलाइने र यसबारे थप छलफल हुने कांग्रेस नेताहरूले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images