काठमाडौं– नेकपा (एमाले)ले च्यासलमा संविधान दिवसको कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रमपछि नेता महेश बस्नेत युट्युबरहरूसँग कुरा गर्दै गर्दा सुधन गुरुङले लगाएको आरोपबारे सोध्दा उनले हावा कुरा भन्दै खारेज गरेको बताए ।
उनले गुरुङ एमालेमा प्रवेश गर्ने सम्भावना रहेको दाबी समेत गरे ।
सुधन गुरुङले केही दिनअघि आफूलाई अज्ञात समूहले पछ्याएको र त्यसमा बस्नेतको संलग्नता हुनसक्ने आशंका व्यक्त गरेका थिए ।
यस्तै, अभिनेत्री रिमा विश्वकर्माले उनलाई नेता हो कि गुन्डा ? भनेर प्रश्न गरेकी थिइन् ।
जवाफमा बस्नेतले म कसैको क्षति गर्ने मान्छे होइन, २३ वर्षमै गाविस अध्यक्ष बनेको, अहिलेसम्म कसैसँग दुई रुपैयाँ पनि मागेको छैन भन्दै घरमै आएर सत्य बुझ्न सुझाए ।
प्रतिक्रिया दिनुहोस्























