काठमाडौं– वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा विशिष्टहरूको सहभागी हुने भएको छ ।
आज (शुक्रबार) अपरान्ह शीतल निवासमा आयोजित उक्त कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादव र विद्यादेवी भण्डारी पनि सहभागी हुनेछन् ।
त्यस्तै वर्तमान प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरू नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित हुने भएका छन् ।
यद्यपि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने छैनन् ।
जेन्जी आन्दोलनको आक्रमणमा परेका देउवा उपचारमै छन् भने ओली उपस्थित नहुने बताइएको छ ।
कार्यक्रममा जेन्जी आन्दोलनका प्रतिनिधि पनि सहभागी हुने बताइएको छ ।























