images
images
  • पाइलट विजय लामालाई पर्यटनमन्त्रीको अफर, स्वीकार गर्लान् ?

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तारमा विजय लामाको नाम चर्चामा आएको छ ।

    नेपाल वायुसेवा निगमका क्याप्टेन लामालाई सम्भावित पर्यटनमन्त्रीको रूपमा प्रस्ताव आएको दाबी भए पनि उनले अहिलेसम्म निर्णय लिएका छैनन् ।

    स्रोतले बताए अनुसार प्रधामन्त्री कार्की स्वयंले पर्यटनमन्त्री बन्न आग्रह गरेको र लामा आन्तरिक तयारीमा रहेका छन् ।

    सरकारनिकट स्रोतले भने लामालाई मन्त्री बन्न अफर गरिएको विषयमा अनभिज्ञता जनाए ।

    लामा आगामी आमनिर्वाचनमा उम्मेदवारी दिन इच्छुक छन् ।

    उनी ८४ सालको चुनावमा रास्वपाबाट उम्मेदवारी दिने योजना बनाएका थिए ।

    तर, मध्यावधि चुनावको तयारीले अहिले योजना प्रभावमा पर्न सक्छ ।

    नेपाल वायुसेवा निगममा उनको कार्यकाल छोटो भएकाले लामाले राजनीतिमा प्रवेश गर्न चाहँदै आएका छन् ।

    केही समयदेखि रास्वपासँग अनौपचारिक संवादमा रहेका उनी अझै प्राथमिकतामा रास्वपा नै राख्दैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images