images
images
  • सरकार गठन भएको ८ दिनसम्म पनि प्रधानमन्त्री कार्कीले दिन सकिनन् मन्त्रिपरिषद्को पूर्णता

    काठमाडौं– भदौ २३ गते जेनजी पुस्ताले काठमाडौंमा भ्रष्टाचार, नेताहरूको अपारदर्शी जीवनशैली र अस्वाभाविक गतिविधिविरुद्ध स्कुल ड्रेसमै सडक प्रदर्शन गरेको थियो ।

    नयाँबानेश्वस्थित संसद् भवनमा प्रवेश प्रयासपछि सरकारले बल प्रयोग गर्दा कलेजका विद्यार्थीहरू घाइते र केहीको मृत्यु भयो ।

    २४ गते प्रदर्शन अझै व्यापक भयो, सरकारी भवन तोडफोड र आगजनी हुँदा प्रहरीहरूसमेत घाइते भए, नेताहरू भागे, व्यक्तिगत सम्पत्ति नष्ट भयो ।

    दुई दिनको आन्दोलन र दमनका क्रममा ७३ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

    केपी शर्मा ओली नेतृत्वको सरकार भदौ २४ गते ढलेर राजीनामा दियो ।

    जेनजी माग अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भदौ २७ गते प्रधानमन्त्री नियुक्त भइन् ।

    त्यसको दुई दिनपछि तीन मन्त्री नियुक्त गरिन् ।

    तर, उनले एक हप्तासम्म छानबिन आयोग गठन गर्न सकेकी छैनन् ।

    प्रधानमन्त्री कार्कीले अन्तर्वार्तामा आयोग तीन सदस्यीय बनाउने र छानबिनका लागि एक महिनाको समय दिने बताइन् ।

    गृहमन्त्री र सुरक्षाकर्मीहरूको जिम्मेवारीमा कमजोरीका कारण धेरै घाइते र सम्पत्ति नष्ट भएको थियो ।

    हाल पनि जेनजी मागअनुसार सुशासन, भ्रष्टाचार अन्त्य र प्रत्यक्ष कार्यकारी व्यवस्थाको पहल सरकारले सुरु गरेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images