images
images
  • डा.कार्कीले अगाडि सारिन् रास्वपा पुनर्गठनको ४ बुँदे प्रस्ताव

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी निवर्तमान सांसद डा.तोसिमा कार्कीले पार्टी पुनर्गठनका लागि चार बुँदे प्रस्ताव अघि सारेकी छिन् ।

    जेन–जी आन्दोलनपछिको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै उनले युवाहरूको भावनालाई आत्मसात गर्दै पार्टीलाई सुशासन र सरकार निर्माणमा अग्रणी शक्ति बनाउने आवश्यक रहेको बताए ।

    प्रस्तावअनुसार, पहिलो बुँदामा जेन–जी र जेन अल्फा आन्दोलनपछिको पीडा र भविष्य सम्बोधन गर्नुपर्ने, दोस्रो बुँदामा राजनीतिक र सामाजिक सुधारलाई आत्मसात् गर्दै पुरानो व्यवस्थालाई छिचोल्नुपर्ने, तेस्रोमा पार्टीको नेतृत्व, नीति र कार्यक्रम पुनर्विचार गरी मध्यममार्गी राजनीतिक शक्ति निर्माण आवश्यक रहेको र चौथोमा अन्य दल तथा विचार समूहसँग संवाद गरी लोकतान्त्रिक सुधारलाई संस्थागत बनाउन पहल गर्नुपर्ने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images