images
images
  • नेतृत्व पुस्तान्तरण गर्न तयार छु : प्रचण्ड

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्व हस्तान्तरणबारे छलफल अघि नै सुरु भएको बताएका छन् ।

    संविधान दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले केन्द्रीय समिति र स्थायी समितिमा नै यसबारे प्रस्ताव राखिसकेको जिकिर गरे ।

    ‘जेन–जी आन्दोलनका कारण मात्र होइन, पार्टीको ऐतिहासिक विरासत र एकता कमजोर नपार्ने तरिकाले नेतृत्व हस्तान्तरणबारे सोच्नुपर्छ भन्ने कुरा मैले पहिले नै उठाएको हुँ,’ प्रचण्डले भने ।
    उनका अनुसार प्रक्रिया र समयबारे गम्भीर छलफल आवश्यक छ ।

    उनले प्रतिक्रियावादी शक्तिलाई फाइदा पुग्ने ढंगले हस्तान्तरण गर्न नहुने स्पष्ट पारे ।

    प्रचण्डले माओवादी केन्द्र नै नयाँ इतिहास बनाउन सक्ने, जेन–जी पुस्ताको बलिदान बुझ्ने र नयाँ ढंगले सोच्न सक्ने पार्टी भएको दाबी पनि गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images