काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनबारे केन्द्रीय समिति र विस्तारित बैठकमार्फत निर्णय गर्ने भएको छ ।
आगामी ७ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा कार्यदिशासम्बन्धी प्रस्ताव पेश गरिनेछ, जसलाई विस्तारित बैठकमा छलफल गरिनेछ ।
पार्टीले फागुन ७–९ गते महाधिवेशन गर्ने तय गरे पनि सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेपछि समय तालिका परिवर्तन हुने भएको छ ।
प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनसम्बन्धी अन्तिम निर्णय विस्तारित बैठकले गर्नेछ ।
त्यस्तै पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् ।
उनी तत्काल जेलुमुक्त हुने सम्भावना कम छ ।
यसैबीच बिहीबारको सचिवालय बैठकले विध्वंस, लुटपाट वा तोडफोड रास्वपाको संस्कृतिभित्र नपर्ने भन्दै जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा समाज विभाजन रोक्न ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्ने निर्णय गरेको छ ।
पार्टीले असहमति समाधानका लागि संवाद र सहिष्णुतामा अडिग रहने प्रतिबद्धता पनि दोहोर्याएको छ ।























